मृग मरेपछि पोस्टमार्टमको लागि लगियो राजाभातखावा

अलिपुरद्वार : अलिपुरद्वारको कालचिनी ब्लकअन्तर्गत पर्ने मेचपाडा चियाकमानबाट सोमबार एउटा मृगलाई उद्धार गर्ने प्रयास गरिरहेको समयमा नै उक्त मृग मरेको बताइएको छ। घटनाक्रमअनुसार सोमबार मेचपाडा चियाकमानमा अचानक एउटा मृग देखापरेपछि यसलाई हेर्न मानिसहरूको भीड लागेपछि उक्त मृग नजिकैको चियाकमानभित्र पस्यो। स्थानीय मानिसहरूले यसबारे वन विभागलाई खबर दिएपछि वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त मृगलाई खोजी निकाल्ने प्रयास गरे। यसै अवधि मृग चियाकमानभित्र रहेको थाहा पाएपछि वनकर्मीहरूले त्यसलाई उद्धार गर्ने प्रयास गरिरहेको समय उक्त मृग मरेको बताइएको छ। वनकर्मीहरूले उक्त मरेको मृगलाई वाहनमा हालेर राजाभातखावामा पोस्टमार्टमको निम्ति लिएर गए। मृग के कारणले मरेको हो भन्नेबारे पोस्टमार्टमको रिपोर्टपछि मात्र थाहा लाग्ने वन कर्मीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet