मुहर्रमको अवसरमा नक्सलबारीमा शोभायात्राको आयोजना

नक्सलबारी : मुहर्रमको उपलक्ष्यमा आज मुस्लिम सम्प्रदायका मानिसहरूले नक्सलबारीमा शोभायात्रा निकाल्यो। उक्त शोभायात्रामा सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोष मुख्य रूपमा उपस्थित थिए। मुहर्रमको अवसरमा नक्सलबारीको विभिन्न ठाउँहरूबाट शोभायात्रा निकाल्ने गर्दछ। विभिन्न सडकहरूको चोक-चोकमा लट्ठीको खेल खेल्ने गर्छ। यस अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला पुलिसका अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष सहित अधिक संख्यामा पुलिस बल तैनाथ थियो। यस अवसरमा सभाधिपति अरुण घोषले भने, धर्म अलग-अलग भए तापनि पर्व सबैको हो। धार्मिक रीति-रिवाज अनुसार मुस्लिम सम्प्रदायका मानिसहरूले मुहर्रम पालन गरिरहेका छन्। आज लट्ठी खेलमा 16 वटा टोलीले अंश ग्रहण गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *