मुख्यमन्त्रीको दार्जिलिङमा प्रशासनिक कार्यक्रम, विभिन्न साहुलियत तथा सुविधाहरूबारे घोषणा

दार्जिलिङ : दार्जिलिङको चौरास्तामा आज आयोजित प्रशासनिक कार्यक्रममा राज्यका मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले कालेबुङ र दार्जिलिङ जिल्लाका मानिसहरूको निम्ति सरकारद्वारा प्रदान गरिने विभिन्न साहुलियत तथा सुविधाहरूको घोषणा गर्नको साथै धेरैजनालाई विधुवा पेन्सन पनि प्रदान गरिन्। मुख्यमन्त्रीले कार्यक्रम अवधि गरेका घोषणा तथा साहुलियतहरू यस प्रकार छन्:  


पश्चिम बङ्गाल सरकारले 21 लाख विधवालाई विधवा भत्ता दिइरहेको छ।

1 करोड 53 लाख लक्ष्मी भण्डार प्रदान गरिसकेको।


10 लाखसम्म विद्यार्थीको निम्ति क्रेडिट कार्ड लागु।

21 हजार विद्यार्थीले उठाइसके क्रेडिट कार्ड लाभ।

किसान पेन्सन, दिव्याङ्गहरूलाई साहुलियत।

चिया बगानहरूमा चिया सुन्दरी योजना लागु गरिने।

250 चियाबगानका 3 लाख 80 हजार श्रमिकको सुन्दरी योजना द्वारा घर निर्माण।

बन्द चिया बगानका श्रमिकहरूलाई 2 महिना भित्र 15 सय रुपियाँ गरेर प्रदान गरिने।

निशुल्क शिक्षा खर्च, इलेक्ट्रीसिटी बिल, पानी अनि राशन उपलब्ध गराउने।

स्वास्थ साथी कार्ड जसले बनाएका छन् द्वारे सरकारमा बनाउनु पर्ने।

अडाई करोड अधिकलाई 5 लाख गरेर स्वास्थ साथी कार्डमा स्वास्थ सेवा।

बाह्रौँ कक्षाका विद्यार्थीहरूलाई स्मार्ट फोन प्रदान।

गरिब घरकी छोरीहरूको विवाहको निम्ति 25 हजार प्रदान गरिने।

अन्तिम संस्कारको निम्ति 2 हजार प्रदान।

20 वर्षसम्म नभएको पर्जापट्टा प्रदान गरिन शुरु।

दार्जिलिङ हिल युनिभर्सिटी, खरसाङमा कलेज निर्माण चलिरहेको।

चाँडो भन्दा चाँडो जीटीए चुनाउ गरिने।

पञ्चायत चुनाउ पनि हुने।

पहाडका तीन नगरपालिकामा नगरपालिका चुनाउ हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *