मुख्यमन्त्रीले आरजी कर मामिलाबाट ध्यान हटाउने प्रयास गरिरहेको छ : सुकान्त मजूमदार

सिलगढी, 23 सितम्बर (निसं): भाजपा राज्य अध्यक्ष तथा केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास अनि शिक्षा राज्य मन्त्री सुकान्त मजूमदारले राज्यमा बाढ़को स्थिति साथै डीभीसी-बाट राज्यका दुई प्रतिनिधिहरूको राजीनामालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको खोइरो खने। आज बिहान सुकान्त मजूमदार रेल मार्फत एनजेपी स्टेशनमा आइपुगे। प्राप्त जानकारी अनुसार सिलगढी लगायत अन्य ठाउँमा तिनका धेरै कार्यक्रम रहेको छ। एनजेपी स्टेशनमा ओर्लिए पछि सुकान्त मजूमदारले पत्रकारहरूसित बातचित गर्दै विविध मुद्दामा राज्य सरकारमाथि कटाक्ष कसे। तिनले भने, मुख्यमन्त्रीले बारम्बार राज्यको बाढ प्रभावित इलाकाको परिभ्रमण गरेर केन्द्र विरूद्ध अवाञ्छित टिप्पणीहरू गरेर आरजी कर मामिलाबाट ध्यान हटाउने कोशिश गरिरहेको छ। तथापि, भाजपाले लगातार बाढ पीड़ितहरूका लागि सहयोग पुऱ्याइरहेको छ। उनले आरजी कर मामिलालाई लिएर भने, आरजी कर मामिलामा सम्पूर्ण प्रमाण नष्ट गरिदिएको छ। यसैले दोषीहरूलाई खोजी निकाल्न सीबीआई-ले धेरै मेहनत गर्नु पर्दैछ। तर, दोषीहरूले अवश्यै सजाय पाउने निश्चित छ। यसको साथै सुकान्त मजूमदारले उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा थ्रेट कल्चरलाई लिएर पनि आवाज उठाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom