दार्जिलिङ : मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङस्थित सरकारी आवास रिचमन्ड हिल्समा आज अपरान्ह 4 बजी पूर्व जीटीए चेयरम्यान तथा हिल तृणमूल नेता विनय तामाङसित एउटा महत्वपूर्ण बैठक गर्ने सूत्रमार्फत् थाहा लागेको छ। उक्त बैठकलाई लिएर विभिन्न अड्कलबाजी लगाउनको साथै पहाडको केही महत्पूर्ण विषयहरू अनि आउँदो खरसाङ, मिरिक तथा कालेबुङ नगरपालिका चुनाउलाई लिएर पनि चर्चा हुनसक्ने सम्भावना व्यक्त गरिएको छ। सूत्रअनुसार उक्त बैठकमा हिल तृणमूल जिल्ला अध्यक्ष शान्ता छेत्रीलाई पनि आमन्त्रित गरिएको भए तापनि विशेष गरेर मुख्यमन्त्री र विनय तामाङमाझ वान टु वान बैठक हुने बताइएको छ।
