सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी विमानमार्फत् आज बाघडुग्रा आइपुगेपछि यहाँबाट फेरि हेलीकप्टरमार्फत् जलपाईगढी गइन्। प्राप्त जानकारी अनुसार मुख्यमन्त्री ममता ब्यानर्जी आज अपरान्ह 3 बजेर 8 मिनटमा जलपाईगढीको पुलिस लाइनको हेलीप्याडमा ओर्लिएपछि यहाँबाट सड़क मार्ग भएर जलपाईगढी क्लब रोडस्थित लोक निर्माण विभागको बाङ्ग्लोमा पुगिन्। त्यहाँ तिनले जलपाईगढी र अलिपुरद्वार जिल्लाका विधायक तथा नेताहरूसित एउटा बैठक गरिन्। उक्त बैठकमा दुवै जिल्लाको जिल्ला परिषदका सभाधिपति, प्रत्येक नगरपालिकाका चेयरम्यान तथा प्रशासक मण्डलीका चेयरपर्सन लगायत अन्य धेरैजना नेताहरू पनि उपस्थित थिए।
Jalpaiguri, North Bengal, Uncategorized
मुख्यमन्त्रीले गरे जलपाईगढी र अलिपुरद्वार जिल्लाका विधायक तथा नेताहरूसित बैठक
14
Dec
Dec