सिलगढी : पञ्चायत चुनाउ अघि संगठनलाई अझ बलियो बनाउन सीपीएम-का राज्य सचिव मोहम्मद सलिम आज उत्तरबंग भ्रमणमा आइपुगेका छन्। तिनले आज सिलगढीको अनिल विश्वास भवनमा जिल्ला कमिटीका सदस्य, नेतृत्वहरूसित एउटा बैठक गरे। सिलगढीपछि तिनले उत्तर बङ्गालको अन्य जिल्लाको दलीय कर्मीहरूसित बैठक गर्नेछन्। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, दिदीको सुरक्षा कवज कार्यक्रमलाई लिएर राज्य सरकारमाथि कटाक्ष कस्दै भने, सुरक्षा कवज हाल तिनको रक्षा कवज हो। हाल जसरी राज्यका नेता, मन्त्री र कार्यकर्ताहरू भ्रष्टाचारमा लिप्त छन् यस्तो परिस्थितिमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षा कवज नै तिनको रक्षा कवज हो। तृणमूल-ले आफ्नो सुरक्षाको लागि हाल कवज खोजिरहेको छ। राजनीतिक नेताहरूले पार्टी परिवर्तन गरिरहेकोले पहाड़मा निक्कै नोक्सान भइरहेको छ। भविष्यमा पहाड़वासी तथा राजनीतिक नेताहरूले पहाड़को हितमा अवश्य सोच्नेछन् भन्ने विश्वास रहेको तिनले बताए।
