मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा स्वागत

खरसाङ : पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी 5 दिवसीय उत्तर बंगाल भ्रमणमा आज साँझ दार्जिलिङ पहाड़ आइपुगिन्। मुख्यमन्त्री ममता ब्यानर्जी आज दार्जिलिङको रिचमण्ड हिल्समा बस्ने जानकारी प्राप्त भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले 29 मार्चको दिन प्रशासनिक बैठक गर्ने भएकी छन्। तिनले विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन् भने पहाड़को विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा विभिन्न संघ-संस्थाहरू र संगठनको प्रतनिधिहरूलाई भेट्न सक्ने बताइएको छ।


आज मुख्यमन्त्री ममता ब्यानर्जी साँझको 5.30 बजी खरसाङ आइपुगिन्। तिनलाई खरसाङमा हिल तृणमूल कंग्रेसका प्रतिनिधिहरू तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत जनाए। मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङ आइपुग्दा ममता ब्यानर्जी जिन्दावाद, अनित थापा जिन्दावाद जस्ता नाराहरू लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *