मुख्यमन्त्रीमाथि हमला गरेको आरोपमा दार्जिलिङ जिल्ला तृणमूलद्वारा मौन र्‍याली

सिलगढी : नन्दीग्राममा ममता ब्यानर्जीमाथि हमला गरेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेस सिलगढीको सडकमा ओर्लिएको छ। दार्जिलिङि जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्कबाट एउटा मौन र्‍याली निकालिइयो। यस अवसरमा सिलगढी विधानसभाका तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा, रञ्जन सरकार लगायत पार्टीका अन्य नेतृत्व तथा कार्यकर्ताहरू उपस्थित थिए।


अर्कोतिर, डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत आसिघर मोडबाट तृणमूल प्रार्थी गौतम देवको नेतृत्वमा एउटा प्रतिवाद र्‍यालीको आयोजना गरियो। तृणमूल नेतृत्व तथा कार्यकर्ताहरूले मुखमा लुगा बाँधेर तथा हातमा कालो झण्डा बोकेर उक्त प्रतिवाद र्‍यालीमा अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELgrandpashabet giriş