सिलगढी: दैनिक आवश्यक चाहिने सबै सर-सामनहरूको मूल्यमा बढोत्तरीको विरोध लगायत अन्य मागहरूलाई लिएर दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट आज सिलगढीमा एउटा विरोध धिक्कार रेली निकाल्यो। आज साँझ सिलगढीस्थित कङ्ग्रेस पार्टी कार्यालयबाट निकालिइएको उक्त रेलीले शहरको विभिन्न मार्गहरूको परिक्रमा गऱ्यो। यस अवधि जिल्ला काङ्ग्रेसका सदस्यहरूले दैनिक आवश्य सर-सामानहरू सहित पेट्रोल- डीजलको मूल्य वृद्धि अनि सरकारी एजेन्सीहरूको निजीकरणको विरोध जनाए।
