सोनादा: रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत मुण्डाकोठी तल्लो मुन्सी गाउँ शान्तिग्राममा आज बाटो खनन कार्यको शुरुवात गरियो। गत सप्ताह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एवम् समष्टि समन्वयक राजेश चौहान गाउँ भ्रमणमा गएको समय स्थानीय गाउँ समाजका प्रतिनिधिहरुले तिनलाई भेटेर आफ्नो गाउँमा आजसम्म गाडी कुद्ने सडक नभएको गुनासो पोखेका थिए। समष्टि समन्वयक राजेश चौहानले गाउँ समाजका प्रतिनिधिहरुको समस्यालाई विस्तारपुर्वक सुनेर पार्टी अध्यक्ष अनित थापासित कुरो गरेर समस्याको समाधान गरिदिने वचन दिएका थिए। जसको फलस्वरुप आजदेखि सडकको खनन कार्य शुरु भएकोमा स्थानीय समाजका प्रतिनिधि अरुण राईले गाउँमा गाडी कुद्ने सपना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि समष्टि समन्वयक राजेश चौहानले पूरा गरिदिएकोमा कृतज्ञता प्रकट गरेका छन।
