सिलगढी, 21 नोभेम्बर (निसं): घरमा रेकी गरेर चोरी गर्ने ग्याङ्गको मास्टरमाइण्डलाई सिलगढी पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, स्थानीय नाबालकहरूलाई प्रयोग गरेर एउटा चोरी गर्ने ग्याङ्ग (ग्रूप) बनाइएको थियो। यो ग्याङ्गले सिलगढीसहित उत्तर बंगालका विभिन्न क्षेत्रमा घुमेर पहिला घरहरूको रेकी गर्थे अनि त्यसपछि चोरी गर्थे। हालै एउटा चोरीको घटनामा सिलगढी पुलिसले यस ग्याङ्गको मास्टर माइण्डलाई पक्राउ गरेको छ। आरोपीको नाम विकी बाल्मिकी हो, उनी टिकियापाडामा बस्छन्।
यद्यपि विकी धेरै समयदेखि पुलिसको नजरबाट बाँचिरहे तापनि अन्ततः विकीलाई पक्राउ गर्न पुलिस सफल भएको छ। टिकियापाडा निवासी सूरज बाँसफोरले आफ्नो घरमा चोरी भएको अभियोग दर्ता गरेपछि पुलिसले घटनाको छानबिन गर्दै विकीलाई पक्राउ गरेको छ।
स्मरण रहोस, केही दिन अघि, सूरज बाँसफोर कोचबिहारस्थित आफन्तको घर गएका थिए। 15 नोभेम्बरमा उनी घर फर्किएपछि घरको ढोका र आलमारी भत्किएको देखे। यसपछि तिनले आफ्नो घरबाट सुन र चाँदीका गर-गहना, नगद रूपियाँ अनि कागज पत्रहरू हराएको थाहा पाए। घटनाबारे 16 नोभेम्बरमा सूरजले सिलगढी पुलिसमा लिखित अभियोग दर्ता गरे। यसको लगभग 24 घण्टाको अवधिमा नै चोरीमा संलग्न रहेको आरोपमा विकी बाल्मिकीलाई पुलिसले पक्राउ गऱ्यो। पक्रा परेपछि चोरी भएका सुन- चाँदीका गहना र केही कागज-पत्रहरू पनि फेला परे। घटनाबारे सिलगढी मेट्रोपोलिटन पुलिसका डीसीपी राकेश सिंहले भने, विकीले चोरी गरेका सर-सामानहरू आफ्नै घरमा माटो खनेर लुकाएका थिए। पुलिसले हाल विकीको ग्याङ्गका अन्य सदस्यहरूको खोजी गरिरहेको छ।
North Bengal, Siliguri, Uncategorized
नाबालकहरूलाई लिएर घरमा रेकी गरेर चोरी गर्ने ग्याङ्गका मास्टरमाइण्ड विकी सिलगढीमा पक्राउ
21
Nov
Nov