नाबालिका छात्रा हत्या काण्डको विरोधमा विश्व हिन्दु परिषदले बिहिबार बोलायो सिलगढीमा 12 घण्टा बन्द

सिलगढी (निसं): सिलगढीको मतिगढा इलाकामा भएको छात्रा हत्या काण्डको विरोधमा विश्व हिन्दु परिषदले भोली बिहिबार 12 घण्टा सिलगढी बन्द बोलाएको छ। बन्द अवधि सिलगढी क्षेत्रका सबै स्कुल-कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरू लगायत सबै दोकान-पाट बन्द राखिदिने आह्वान गरेको छ। विश्व हिन्दु परिषदको आयोजनामा आज बुधबार नाबालिग विद्यार्थी हत्या काण्डको प्रतिवाद जनाउँदै सिलगढीको दार्जिलिङ मोडदेखि एउटा विराट विरोध रैली निकाल्यो। यस अवधि हत्यारालाई चाँडो भन्दा चाँडो फाँसीको सजाय हुनु पर्ने नाराबाजी गर्दै प्रदर्शनकारीहरूले मांग गरे। उक्त रैली अवधि कुनै प्रकारको अप्रिय घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पुलिसले कठोर सुरक्षा व्यवस्था अप्नाएको थियो भने घटना स्थलमा धेरैजसो सिलगढी पुलिस कमिश्नरेटका शिर्ष पुलिस अधिकारीहरू लगायत धेरै संख्यामा पुलिसका जवानहरू खटाइएको थियो। स्मरण रहोस, सिलगढीको मतिगढा इलाकामा गत सोमबार दिउँसै कल्याणी नेपाली उच्च माध्यमिक स्कुलको एघारौ श्रेणीमा पढ्ने एकजना नाबालिकाको स्कुल ड्रेसमैं बर्बरतापूर्व हत्या भएको थियो भने घटनाको जाँचमा जुटेको पुलिसले आरोपीलाई घटना भएको लगभग 5 घण्टाको अवधिमा नै पक्रेपछि हिज मंगलबार सिलगढी कोर्टमा पेश गरेपछि हाल तिनलाई 10 दिनको पुलिस हिरासतमा पठाइएको छ। उक्त घटनालाई लिएर अहिले सिलगढी शहरको माहौल निक्कै उतप्त बन्न पुगेको छ भने उक्त हत्याकाण्डको विरोधमा विभिन्न संघ-संगठनहरूले धरना, जुलूस, विक्षोभ तथा डेपुटेशन दिने जस्ता कार्य गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş