नाबालिग हत्या आरोपी अब्बासलाई अदालतमा पेश, पुलिसले अदालतमा बुझायो चार्टशिट

सिलगढी (निसं): सिलगढीको मतिगढामा स्कुलका नाबालिग छात्राको हत्या आरोपी मोहम्मद अब्बासलाई आज छैटौ पल्ट सिलगढी महकुमा अदालतमा पेश गरियो। सिलगढी महकुमा अदालतमा मतिगढा थाना पुलिसले आज 60 दिनभन्दा पनि अगावै चार्जशिट बुझाएको छ। आरोपी विरूद्ध आज अझ अन्य दुई वटा मामिला थपिएको छ भने अब्बासको जमानत याचिकालाई अदालतले खारेज गर्दै न्यायिक हिरासतमा पठाएको नाबालिगको पक्षमा मुद्दा लडिरहेका अधिवक्ता बिरेन्द्रले पत्रकारहरूलाई जानकारी गराएका छन्। अब आगामी 20 नोभेम्बरको दिन फेरि आरोपी मोहम्मद अब्बासलाई सिलगढी महकुमा अदालतमा पेश गर्ने अदालतले निर्देश दिएको छ। अर्कोतिर, नाबालिग छात्राको हत्या आरोपी मोहम्मद अब्बासलाई अदालतमा पेश गरिन अगावै आज अदालत परिसरमा भेला भएर ‘जस्टिस फर अभय’-का सदस्यहरू लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले हत्यारालाई चाँडै कठोर सजाय हुनु पर्ने मागमा मौन विरोध प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş