नाबालिकालाई आत्महत्या गर्नको लागि उस्काएको आरोपमा प्रेमी पक्राउ  

सिलगढी (निसं): नाबालिकालाई प्रेम जालमा फँसाएर तिनलाई आत्महत्या गर्नका लागि उस्काएको आरोपमा सिलगढीको प्रधान नगर थाना पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम सत्यम सरकार (23) बताइएको छ। प्राप्त जानकरी अनुसार गत दुई दिन पहिला समर नगर इलाकामा एकजना नाबालिकाले आत्महत्या गरेका थिए। उक्त घटनालाई लिएर आइतबार एकजना महिलाले प्रधान नगर थानामा छोरीलाई आत्महत्या गर्नको लागि उस्काएको आरोपमा एउटा लिखित अभियोग दर्ता गरेका थिए। उक्त अभियोगमा युवकले आफ्नो छोरीलाई प्रेम जालमा फँसाएर तिनीमाथि मानसिक अत्याचार अनि ब्लेकमेल गरिरहेको थियो भन्ने आरोप लगाएको छ। यसको साथै यसपछि नै छोरीले वाध्य बनेर आत्महत्या गरेको बताइएको छ। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले हिज आइतबार सिलगढीको प्रधान नगर थाना अन्तर्गत इलाकाबाट मृतक नाबालिकाको प्रेमी सत्यम सरकारलाई आत्महत्या गर्नको लागि उस्काएको अनि ब्लेकमेल गरेको आरोपमा पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibomCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibom