सिलगढी (निसं): नाबालिकासित दुष्कर्म गरेको आरोपमा महिला थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति प्रधाननगर थाना अन्तर्गत इलाका निवासी परेश राय (48)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि छिमेकी परेश रायले उक्त नाबालिकासित जबरजस्ती दुष्कर्म गरेपछि यसबारे कसैलाई भनेको खण्डमा मार्ने धम्की समेत दिएको आरोप रहेको छ। नाबालिकाले आमालाई घटनाबारे विस्तृत रूपमा बताएपछि नाबालिकाको परिवारका सदस्यहरूले उक्त व्यक्तिविरुद्ध प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा प्रधान नगर थाना पुलिस र महिला थाना पुलिसले गत राति आरोपी परेश रायलाई पक्राउ गरेपछि पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।