राजगञ्ज: राजगञ्जमा नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी 25 वर्षीय बाबुलाल राय राजगञ्ज ब्लकको कुकुरजान ग्राम पञ्चायतको सरकार पाड़ा निवासीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्र अनुसार नाबालिका घरमा सुतिरहेको समयमा छिमेकी युवक अचानक घरमा पसेर तिनीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। नाबालिका चिच्चाए पछि युवक घटना स्थलबाट भागेको बताइएको छ। यसपछि नाबालिकाको परिवार पक्षबाट राजगञ्ज थानामा उक्त युवक विरूद्ध लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले गत राति आरोपी युवकलाई पक्राउ गरेको छ। राजगञ्ज थानाका आईसी पङ्कज सरकारले बताए अनुसार आरोपी विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।
