नाबालिकासित सामूहिक दुष्कर्म गरेको आरोपमा 4 जना युवक पक्राउ

खोरीबारी : नाबालिकासित सामूहिक दुष्कर्म गरेको आरोपमा पुलिसले 4 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सितम खालको, रबेल राय, आयुष मुन्डा र जीतभान बेग सामेल छन्। तिनीहरू सबै खोरीबारीको पहाडगुमिया इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 18 अक्टोबरको दिन 4 जना युवकले एउटी नाबालिकालाई बोलाएर लगेपछि सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। उक्त घटनापछि खोरीबारी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş