नवान्नको बैठकलाई लिएर अशोक भट्टाचार्यको टिप्पणी

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले विनय तामाङ र बिमल गुरुङलाई साथमा आउँदो बङ्गाल विधानसभा चुनाउलाई लिएर गेम खेलिरहेका छन् तर यसको परिणामस्वरूप ट्रफी भने तिनले नपाउने माकपाका वरिष्ठ नेता तथा नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले मन्तव्य पोखेका छन्। स्मरण रहोस्, आज मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा डाकेको बैठकमा गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव तथा जीटिए चेयरम्यान अनित थापाले अंश ग्रहण गरेपछि उक्त प्रसङ्गलाई लिएर तिनले यसप्रकारको टिप्पणी गरेका हुन्। पहाडको प्रसङ्गमा तिनले भने, मुख्यमन्त्रीलाई चुनाउ जित्नको लागि दार्जिलिङ पहाड तथा समतल डुवर्स क्षेत्रको भोट गुटमुट्याउन बिमल गुरूङ र विनय तामाङको खाँचो रहेकोले गर्दा नै आजको बैठकमा यसलाई लिएर तिनले बार्गेनिङ गरेको अशोक भट्टाचार्यले गम्भीर आरोप लगाए। दार्जिलिङ पहाडमा अब अशान्ति फैलाउने कसैसित क्षमता नरहेको दावी गर्दै पहाडवासीहरूले अब दार्जिलिङ पहाडमा अशान्ति चाहँदैनन् भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *