नदी किनारमा थुपारेर राखेको बालुवा-ढुङ्गा उठाउनमा प्रशासनले बाधा दिएपछि ट्र्याक्टर एसोसिएसन-द्वारा सभाधिपतिको घर अघि विक्षोभ प्रदर्शन

नक्सलबारी : नदी किनारमा थुपारेर राखेको बालुवा-ढुङ्गा उठाउने निर्देश पाए तापनि प्रशासनले यसमा बाधा दिइरहेको छ। यसैले प्रशासनले चाँडै उक्त बालुवा-ढुङ्गा उठाउने व्यवस्था गरिदियोस् भन्ने माग गर्दै आज नक्सलबारी ट्र्याक्टर एसोसिएसनले नक्सलबारीमा सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोषको घर अघि विक्षोभ प्रदर्शन गरे। एसोसिएसनका सदस्यहरूले सभाधिपतिको घर अघि ट्र्याक्टरहरू राखेर विक्षोभ प्रदर्शन गरे। एसोसिएसनका सदस्य पियुष चक्रवर्तीले भने, 30 सेप्टेम्बरसम्म नदी किनारमा थुपारेर राखेको बालुवा-ढुङ्गा उठाउने निर्देश रहे तापनि पुलिसले बाधा दिइरहेको छ। यसैले सभाधिपतिले चाँडै उक्त समस्याको समाधान गरिदियोस् भन्ने माग गर्दै आज आफूहरूले विक्षोभ प्रदर्शन गर्नको साथै सभाधिपतिसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायौँ। उक्त समस्यालाई लिएर प्रशासनसित कुराकानी गर्ने सभाधिपतिले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO