सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी तल्लो विभाग माने डाँड़ा लेप्चा गाउँ निवासी कुमारी लेप्चाको पारिवारिक अवस्था सोचनीय रहेकोले पञ्चायत कार्यालयबाट खाद्य सामग्री साथै दुईवटा तारपोलिन प्रदान गरियो।स्मरण रहोस,यहाँको एउटा सामाजिक संस्था हिमालयन हार्बिन्जर्स फाउण्डेसनद्वारा यसबारे पञ्चायत कार्यालयमा सूचित गरिएको लगत्तै पञ्चायत सचिव महेन्द्र सिञ्चुरी तथा पञ्चायत कर्मीको सक्रियतामा राहत सामग्री प्रदान गरिएको बताइएको छ।
