नागरी फार्ममा 3 जना क्वारेन्टाइन अवधि समाप्त गरेर फर्किए घर

नागरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको ग्राम कल्याण समाज अप्पर चउर गाउँ नागरी फार्मको तत्परतामा मनिष सुन्दास, आदित्य सुन्दास र रोहित सुन्दासले आज 14 दिनको क्वारेन्टाइन अवधि समाप्त गरेर आफ्नो घर फर्किएका छन्। यसरी नै केही दिन अघि अनमोल गुरूङ तथा तिनकी स्वास्नी, चन्दन प्रधान, विद्या प्रधान, अप्पु तामाङ आदिले पनि क्वारेन्टाइन अवधि पुरा गरेपछि तिनीहरूलाई क्वारेन्टाइन मुक्त गराइयो। यस विषयमा समाजका सभापति गणेश गिरीले स्वास्थ्य विभाग तथा प्रशासनको परामर्शअनुसार नै तिनीहरूलाई क्वारेन्टाइन मुक्त गराएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş