सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी फार्म चियाबारीमा थुप्तेन ग्याछोलिङ गुम्बा निर्माणको निम्ति भूमि पूजा गरियो । विगत सन् 1990 सालमा मैसुरबाट आएका परमपूज्य पेनार रिम्पोछेले स्थापित तथा नामकरण गरेको यस गुम्बा पुनः निर्माण गुम्बा सञ्चालन समिति तथा अखिल भारतीय तामाङ बौद्ध सङ्घ नागरी फार्मको तत्परतामा हुने बताइएको छ।
लामा टाँशी तामाङ तथा अन्यले बौद्ध परम्परा अनुसार अष्ट मङ्गल लगायत सम्पूर्ण देवी-देवताको पूजा अर्चना गरेपछि भूमि कलश स्थापित गरियो। यस अवसरमा गुम्बा सञ्चालन समिति, अभाताबौसं, विभिन्न राजनैतिक पार्टीका पदाधिकारीगण तथा समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।