नगरकट्टामा साङ्गीतिक कार्यक्रमहरूको साथमा निकालिइयो फुलपाती शोभायात्रा

नगरकट्टा : बडादसैँको उपलक्ष्यमा आज सप्तमीको दिन नगरकट्टामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको साथमा फुलपाती शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा नगरकट्टा खण्डका सबै जातिका मानिसहरूले हर्षोल्लासको साथमा अंश ग्रहण गरे। नेपाली भेषभूषामा सजिएर विविध झाँकीहरूको साथमा उक्त फुलपति शोभायात्रा नगरकट्टाको जलढाकामोडबाट शुरू गरेर सुलकमोड पूजा मन्डपमा पुगेर समापन गरियो।


उक्त शोभायात्रामा नगरकट्टाका संयुक्त खण्ड विकास अधिकारी देनुका राई, समाजसेवीहरू सञ्जय कुजुर, अमरनाथ झा, जेठा सुब्बा, सुकबीर सुब्बा लगायत समाजका अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। शोभायात्रामा भागलिने ससाना नानीहरूले नेपाली जातिको सांस्कृतिक झल्काउँदै नृत्यहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *