नगर निगमले सिलगढी शहरमा ध्वस्त गऱ्यो अवैध निर्माण

सिलगढी, 7 अप्रेल (निसं): सिलगढी नगर निगमले फेरि अवैध निर्माणविरुद्ध अभियान चलाएको छ। आज सिलगढीको 39 नम्बर वार्डको हैदरपाडा बजार संलग्न इलाकामा एउटा अवैध निर्माण ध्वस्त गऱ्यो। प्राप्त जानकारी अनुसार, हैदरपाडा बजार संलग्न एउटा घरको अगाडि अवैध रूपमा फलामको संरचना बनाइएको थियो। यसपछि नगर निगमको तर्फबाट घरका मालिकलाई केही दिन अघि नोटिस दिएको थियो तर, घरको मालिकले कुनै ध्यान दिएनन्। त्यसैले आज अवैध निर्माण ध्वस्त गरिदिएको छ। अवैध निर्माण भत्काइने क्रममा कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर भक्तिनगर थाना पुलिस वाहिनी तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *