नगरनिगम चुनाउमा भाजपाको तर्फबाट टिकट नपाए निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्नेछु : हनुमान प्रसाद अग्रवाल

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा भाजपा प्रार्थीको रूपमा टिकट नपाए भाजपा नेता हनुमान प्रसाद अग्रवालले 41 नम्बर वार्डबाट निर्दलीय उम्मेद्वारको रूपमा चुनाउ लड्ने भएका छन्। तिनले आज नगरनिगमबाट उम्मेद्वारको आवेदन पत्र लिएका छन्। हनुमान प्रसाद अग्रवालले बताएअनुसार धेरै वर्ष अघिदेखि तिनले भाजपा पार्टी गर्दै आइरहेको साथै आफूले पार्टीको तर्फबाट चुनाउ लड्ने निर्णय लिएको हो। तर पार्टीले टिकट नदिए निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने बताए। तिनले विधायक शंकर घोष, आनन्दमय बर्मन र शिखा च्याटर्जीसित नगरनिगम चुनाउमा आफूलाई टिकट दिने विषयमा कुराकानी गरिसके तापनि हालसम्म कुनै सकारात्मक सङ्केत प्राप्त नभएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *