सिलगढी : सिलगढी नगर निगम चुनाउमा राष्ट्रवादी कांग्रेस पार्टीले पनि आफ्नो उम्मेद्वार खडा गर्ने भएको छ। यदि तृणमूल कांग्रेसले तिनको दललाई सम्मानजनक सीट दिएमा तृणमूल कांग्रेसको समर्थनमा आफ्नो उम्मेद्वार खडा गर्नेछ। बुधबार एउटा पत्रकार सम्मेलनमा दार्जिलिङ जिल्ला राष्ट्रवादी कांग्रेसका अध्यक्ष फैजल अहमदले यसबारे जानकारी दिएका हुन्। तिनले भाजपालाई रोक्नको लागि सीएए, एनआरसी विरूद्ध गठबन्धन गर्न तयार रहेको बताए। तिनले उत्तर बङ्गालमा कांग्रेसका नेताहरूले राष्ट्रवादी कांग्रेस पार्टी उत्तर बङ्गालमा एउटा संगठित पार्टीको रूपमा रहेको चहाँदैनन् भनी बताए। अर्कोतिर, यसपल्ट राष्ट्रवादी काग्रेसले सिलगढी नगर निगमको चुनाउमा तृणमूल कांग्रेसको विजय हेर्न चाहेको छ। यसैले तृणमूल कांग्रेसको समर्थन गर्नको लागि पार्टीले हर सम्भव प्रयास गर्ने फैजल अहमदले बताए।