नगर निगमका कर्मचारीहरूको उपस्थितिमा मानिसहरू आफैले भत्काए अवैध निर्माण

सिलगढी (निसं): सरकारी जमिन दखल गरेर बनाएको अवैध निर्माणलाई ध्वस्त गर्दा आज सिलगढी नगर निगमका कर्मचारीहरूले मानिसहरूको आक्रोशको सामना गर्न पऱ्यो। प्राप्त जानकारी अनुसार सिलगढीको 31 नम्बर वार्ड अन्तर्गत शितलापाडामा सरकारी जमीनमा केही अंश अतिक्रमण गरेर घर बनाएको थियो। यसपछि आज नगर निगमका कर्मचारीहरू अतिक्रमण हटाउने अभियान अन्तर्गत अवैध निर्माण भत्काउन पुगेका थिए। तर यस अवधि नगर निगमका कर्मचारीहरूले बाधाको सामना गर्न पऱ्यो।


हिज मात्र नोटिस पठाए पछि आज नगर निगमले समय नदिइ अवैध निर्माण भत्काउन आइपुगेको मानिसहरूले आरोप लगाए। यसलाई लिएर मानिसहरूले रोष प्रकट गर्दै नगर निगमको कार्यलाई बीचमैं रोकिदिए। तथापि, पछि नगर निगमको उपस्थितिमा मानिसहरू आफैले अवैध निर्माणलाई ध्वस्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *