नगरनिगमले भत्काइदियो सिलगढीको 10 नम्बर वार्डमा अवैध निर्माण

सिलगढी : अवैध निर्माणबारे मेयर के बलो कार्यक्रममा अभियोग पाएपछि नगरनिगमले आज सिलगढीको 10 नम्बर वार्डस्थित केसी दे रोडमा रहेको बहुतले अवैध निर्माणलाई भत्काइदिएको छ। सिलगढी सहरको विभिन्न ठाउँमा अवैध निर्माण गरिरहेको नगरनिगमले अभियोग पाइरहेको छ। गत केही महिनामा नगरनिगमले धेरैवटा अवैध निर्माणहरू भत्काइदिएको छ। गत शनिबार मेयर गौतम देवलाई फोन मार्फत् सिलगढीको 10 नम्बर वार्ड निवासीले त्यहाँ एउटा अवैध बहुतले निर्माण गरिरहेको अभियोग गरेका थिए। यसपछि मेयरले  कर्तृपक्षलाई बारम्बार नोटिस पठाएको थियो। मेयर देवको निर्देश अनुसार आज बिहान नगरनिगमका इञ्जिनियर तथा कार्मचारहरू उक्त इलाकामा गए। आज दिउँसो 12 बजीदेखि उक्त अवैध निर्माण भत्काउने कार्य शुरू गरियो। बहुतले भवनको बाहिरको टिनको शेड र माथिल्लो तल्लाको अवैध निर्माण भत्काइदिएको  बताइएको छ। उक्त बहुतले निर्माणका मालिक तारकेश्वर गुप्तले भने, नगरनिगमको तर्फबाट आफूलाई कुनै नोटिस पठाएको छैन। हाईकोर्टमा मामिला चलिरहेको छ। अर्कोतिर, नगरनिगमका कमिश्नरलाई जनाएपछि नै उक्त अवैध बहुतले निर्माण भत्काइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *