नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङद्वारा खरसाङको डाउहिलमा सार्वजनिक भवनको उद्घाटन

खरसाङ : खरसाङको डाउहिलस्थित पीडब्ल्युडी विभागले निर्माण गरेको सार्वजनिक भवन केही समय अघि खरसाङ नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। उक्त सार्वजनिक भवनको उद्घाटन खरसाङ नगरपालिकाद्वारा गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले नरियल फुटाएपछि चेयरम्यान ब्रिगेन गुरूङको बाहुलीबाट रिबन काटेर गरियो। भवन उद्घाटन विषयमा बोल्दै भाइस चेयरम्यान सुवास प्रधानले कोभिडको कारण हामीले उदघाटन कार्यक्रमलाई सानो राख्यौं र कसैलाई पनि निम्तो दिनु सकेनौं भनी बताउँदै यो भवन आजदेखि नगरपालिकाको रेखदेखमा सञ्चालन हुने साथै यस क्षेत्रका वासिन्दाहरुले नगरपालिकाको भवन सञ्चालनको नियम अनुसार प्रयोग गर्न पाउनेछन् भनी बताएका छन्। उदघाटन समारोहमा स्थानीय सुनौलो परिवारका कपिल छेत्री, नगरपालिकाका पार्षदगण साथै अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *