खरसाङ : खरसाङ नगरपालिका क्षेत्रको कतिपय वार्ड एवम् गाँउहरूमा समय अनुरूप पानी पाउन नसकेको जन गुनासोलाई मध्य नजर राख्दै नगरपालिका र पीएचई विभाग मिलेर आज बजार आउने पानीको स्रोत सर सफाई गर्ने र नयाँ स्रोत खोज्ने कार्य सम्पन्न गरियो। खरसाङ नगरपालिका र पीएचई विभाग सबैले खानेपानी पाउन सकुन् भनेर निरन्तर लागी परेको छ भने 3 दिन अघिदेखि आठ माइलका मुहान सफा गरी कतिपय क्षय क्षति भएका ठाउँहरू मरमति गर्ने कार्यमा जुटेको छ। त्यसरी नै दुर्विन डाँडाको रिजर्व टयाङ्की भर्ने लक्ष्य राखेर कार्य गरिरहेको जानकारी प्राप्त भएको छ। आज खरसाङ नगरपालिका र पीएचई विभागद्वारा आठ माइलस्थित खरसाङ बजारमा आउने पानीको मुहानको निरीक्षण गरेर सर सफाई गर्ने कार्य गरियो। यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराउँदै बताए अनुसार सुक्खा मौसममा खरसाङमा मात्र होइन तर अन्य क्षेत्रमा पनि पानीको समस्या हुन्छ। खरसाङमा जनसंख्याको आधारमा यो पानी यथेष्ठ छैन तर पनि जनताको लागि खरसाङ नगरपालिका र पीएचई विभाग निरन्तर लागा परेको तिनले बताए। नगरपालिकाले सदैव जनताको सहयोगको लागि कार्य गरिहेको छ भन्दै चुनाउको माहोलमा पानीलाई लिएर राजनीति नगरिदिने पनि तिनले सबैलाई आह्वान गरेका छन्। भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिकाले खरसाङको सबै जनतालाई कुनै भेदभाव नगरी समान रुपमा पानी वितरण गरिने बताए। खरसाङको दुर्बीन डाँडाको पानी वितरणमा समस्या भइरहेको गर्दा छ:वटा वार्डहरूमा पानीको समस्या भइरहेको र उक्त क्षेत्रमा पानी वितरणको लागि नगरपालिका प्रयासरत् रहेको साथै पानीको समस्या समाधान गर्नलाई पानीको नयाँ स्रोतहरू पनि खोजी निकाल्न कार्य गरिरहेको तिनले जानकारी गराएका छन्। त्यसरी नै खरसाङ नगरपालिकाको एसआई गोबिन्द अधिकारीले पानीको समस्या समाधान गर्नलाई पीएचई विभाग र खरसाङ नगरपालिका संयुक्त रुपमा लागी परेको बताएका छन्।
