नकली सिमेन्ट बोकेको ट्रक जफत, दुईजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले नकली सिमेन्ट बोकेको एउटा ट्रकलाई जफत गर्नको साथै घटनामा चालक र खलासीलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू साउथ सिक्किम निवासी क्रमैले ठेन्डुप तामाङ र रोशन सेन्चुरी सामेल छन्।


पुलिस सूत्रले दिएको जानकारी अनुसार भक्ति नगर थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा ईस्टर्न बाईपास इलाकामा सिक्किम नम्बरको एउटा सिमेन्ट बोकेको ट्रकलाई रोकेर सिमेन्टको वैध कागजात माग्दा चालकले सो दिन असमर्थ भए। यसपछि पुलिसले जाँच गर्दा उक्त सिमेन्ट रहेको थाहा पाएपछि 70 बोरा सिमेन्ट सहित ट्रकलाई जफत गर्नको साथै चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ। नामी ब्रान्डको नाम प्रयोग गरेर डुप्लिकेट सिमेन्टको व्यवसायी चलाइरहेको पुलिस सूत्रले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *