नकली कागजपत्र लिएर पासपोर्ट बनाउने गुटविरुद्ध सीबीआई-को छापामार अभियान, सिक्कमबाट एकजना अधिकारी पक्राउ

सिलगढी : नकली कागजपत्रको आधारमा पासपोर्ट बनाउने गुटविरुद्ध सीबीआईको सिलगढी लगायत विभिन्न ठाउँहरूमा छापामार अभियान जारी रहेको छ। यसै क्रममा सीबीआईको विभिन्न टोलीले पश्चिम बङ्गाल, सिक्किम लगायत मोठ 50 वटा ठाउँमा हिजो रातिदेखि नै अभियान चलाइरहेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमको गान्तोकस्थित पासपोर्ट सेवा केन्द्रका सिनियर सुपरीटेन्डेन्टलाई सीबीआईले पक्राउ गरेको छ। तिनले अधिक रुपियाँ लिएर नकली कागजपत्रको आधारमा पासपोर्ट बनाएर दिने गदर्थ्यो भन्ने आरोप रहेको छ। पासपोर्टको लागि आवेदन गर्नेहरूले एजेन्टलाई धेरै रुपियाँ दिएपछि तिनको माध्यमद्वारा पासपोर्ट सेवा केन्द्रका अधिकारीले उक्त रुपियाँ लिने गरेको बताइएको छ। यता सीबीआईले आज बिहानैदेखि सिलगढीको नक्सलबारीमा पनि एकजना व्यक्तिको घरमा छापामार अभियान चलाइरहेको छ। बरुण राठोर नाम गरेको व्यक्तिको घरमा सीबीआईले छापामार अभियान चलाइरहेको समय घर नजिकैको खाली जमिन तथा रुखबाट केही नकली कागजपत्र तथा सिलहरू उद्धार गरेको छ। सीबीआईले छामापार अभियान चलाउन साथ नकली कागजपत्र र सिलहरू बाहिर फ्याँकिदिएको हुनसक्ने अनुमान लगाएको छ। सूत्रले दिएको जानकारी अनुसार धेरै दिन अघिदेखि उक्त व्यक्तिले नकली कागजपत्रको आधारमा पासपोर्ट बनाएर मानिसहरूलाई दिने गर्थे। यसभन्दा अघि तिनी ग्राम पञ्चायत कार्यालयमा अस्थायी कर्मचारीको रूपमा कार्य गर्दथे भने उक्त कामबाट निस्केपछि तिनले नकली कागजपत्रको आधारमा पासपोर्ट बनाउने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş