नक्सलबारीमा तृणमूलद्वारा रक्षा बन्धन पर्व पालन

नक्सलबारी : नक्सलबारी खण्ड 2 तृणमूल युवा कांग्रेस तथा महिला तृणमूल कांग्रेसको तर्फबाट आज रक्षा बन्धन पर्व पालन गरियो। नक्सलबारी रथखोला मोड़देखि शुरू गरेर दोकानदार तथा सडक आरोहीहरूलाई कार्यकर्ताहरूले राखी बाँधिदिनको साथै मिठाई पनि दिए।


बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर मानिसहरूलाई कोरोना भाइरसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे जागरूक पनि गराउनको साथै माक्स पनि वितरण गरेको नक्सलबारी खण्ड 2 तृणमूल युवा कांग्रेसका अध्यक्ष अरुण घोषले बताए। यस अवसरमा खण्ड अध्यक्ष अरुण घोष, विराज सरकार, वीरेन सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet