सोनादा: सोनादादेखि केही मुनि नाली चउरमा कलश यात्रासहित शिव महापुराण शुरु भएको छ। नाली चउर उत्थान समितिको आयोजनामा सम्पन्न भइरहेको उक्त शिव महापुराण आगामी 1 मार्चको दिन महा शिवरात्रीको दिन एउटा विराट धार्मिक कार्यक्रमसितै समापण गरिने भएको जानकारी नाली चउर उत्थान समितिको सभापति लभकुमार तामाङले दिएका छन्। उक्त शिव महापुराणको पहिलो दिन नाली चउर क्षेत्रमा कलश यात्रासितै शिव महापुराण शुरु भएको छ। उक्त महापुराण विश्व शान्ति साथै गाउँ शान्तिको लागि गरिएको बताइएको छ। यस महापुराणको समापण आगामी आगामी 1 मार्चमा हुने शिवरात्री पूजाको दिन हुने र यस महापुराणमा मुख्य रुपमा पण्डित दुर्गाप्रसाद भण्डारीले पूजा अर्चना गर्नको साथै तिनले महापुराणको प्रवचन पनि दिइरहेका छन्।
