नरबुङ चियाबारीमा विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा स्थानीय जन साधारणलाई लिएर विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न भयो। शिवखोला वुमेन्स प्राइमेरी मल्टिपर्पोस सोसाइटी, तीनधारे पुलिस आउटपोस्ट र जनताको आवाज गैर सरकारी संस्था खरसाङको संयुक्त आयोजनामा नरबुङ चियाबारीस्थित सार्वजनिक भवनमा उक्त सचेतना कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको अध्यक्षता स्थानीय वरिष्ठ नागरिक एके देवानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहन कुमार प्रधान उपस्थित थिए। शिक्षक डीपी प्रधानले सञ्चालन गरेको यस सचेतना कार्यक्रममा प्रमुख वक्ताको रूपमा कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रङ्गु सौरिया उपस्थित थिइन्। तिनले कार्यक्रममा मानव तस्करी विषयमा स्थानीय मानिसहरूलाई सचेत गराइन्।


कार्यक्रममा तीनधारे पुलिस आउट पोस्टका ओसी बीरेन्द्र छेत्रीले विभिन्न विषयहरू जस्तै – अनलाइन धोखाधडी, साइबर क्राइम, ड्रग्स, ट्राफिक नियम, बाल विवाह आदि विषयहरूमा जागरूक गराए। यसैगरी कार्यक्रममा गोपाल छेत्रीले घरेलु ग्यास, राहुल शर्माले स्वास्थ्य साथी कार्ड आदि विषयमा मानिसहरूलाई जागरूक गराए। कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको पञ्चायत समिति सदस्यद्वय अनिरा तामाङ र दिक्षा छेत्री, पञ्चायत सदस्यहरू क्रमैले उपेन राई, सिर्जना छेत्री, मोनिका लामा, शिवखोला वुमेन्स प्राइमेरी मल्टिपर्पोस सोसाइटीका को-अर्डिनेटर शोभा प्रधान, उत्तर बंग क्षेत्रीय ग्रामीण ब्याङ्क तीनधारेका प्रबन्धक उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO