मिरिक: भारतीय नेपाली साहित्य जगतका वरिष्ठ नारी हस्ताक्षर कमला राई आज पञ्चतत्वमा विलिन् भइन्। तिनलाई आज अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न मिरिकमा धेरै संख्यामा लेखक तथा साहित्यकारहरू पनि उपस्थित थिए। सिलगढीको एउटा निजी अस्पतालमा हिज आइतबार उच्च रक्तचापको कारण तिनको निधन भएको थियो। तिनको निधनले मिरिक क्षेत्र मात्र नभएर सम्पूर्ण पहाड नै शोकित बनेको छ। तिनको निधनमा भारत-नेपालका साहित्यकारहरूले गहिरो शोक प्रकट गरेका छन्। साहित्यकार कमला राई मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष थिए भने बसुधाको सदस्य पनि थिइन। तिनी मिरिक विद्यालयमा पनि लामो समयसम्म शिक्षण पेशामा संलग्न थिइन्। साहित्य सेवामा मरिमेट्ने कमला राईको पति स्वर्गीय धनबीर पुरी पनि भारतीय नेपाली साहित्यका एकजना वरिष्ठ कथाकारको रूपमा छन्।
