खरसाङ : गोर्खा जनमुक्ति पार्टी कार्यालयमा खरसाङ महकुमा नारी मोर्चाको पाँचवटा समष्टिका प्रतिनिधिलाई लिएर सभापति शान्ती राईको अध्यक्षता अनि सहसचिव सुजाता गुरूङको सञ्चालनमा एउटा साङ्गठनिक सभा सम्पन्न भयो। सभामा सह सचिव सुजाता गुरूङ, साङ्गठनिक सचिव शिलु मोक्तान लगायत पाँचवटा समष्टिबाट सभापति, सचिव लगायत धेरै प्रतिनिधिगण उपस्थित थिए। तिनीहरूले आ-आफ्नो शाखा-प्रशाखामा कस्तो प्रकारले कार्यक्रमहरू गरिने साथै पार्टीलाई अझ दह्रिलो बनाउन हेतु धेरै कामहरू गरिनु पर्छ भनी बताए। समष्टिहरूबाट अब सक्रिय सदस्यहरू चयन गरेर महकुमा समितिमा सामेल गरिनेबारे जानकारी गराइयो। अब प्रत्येक समष्टिमा महकुमालाई लिएर झट्ट सभा गरिने सुझाउहरू पनि राखिएको साथै पार्टीलाई बलियो बनाउन अब अनुशासनबद्ध भएर काम गर्नेबारे सभामा प्रस्ताव पारित गरेको बताइएको छ।
