खोरीबारी : गोप्य सूचनाको आधारमा घोषपुकुर थाना पुलिसले घोषपुखुर मैलानीजोतमा अभियान चलाएर नशालु पदार्थसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सन्दीप कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार घोषपुकुर मैलानीजोतमा एकजना युवकले चिया दोकानको नाममा अफिमको व्यापार चलाउने गरेको गोप्य सुइँको पाएपछि पुलिसले मैलानीजोत इलाकामा अभियान चलाएर 700 ग्राम अफिम तथा साढ़े पाँच किलो पापी हस्क (डोडा) सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। घोषपुकुर पुलिसले घटनाको जाँच शुरू गरेको छ।
