नशा मुक्त भारत तथा स्वस्थ समाजको सन्देश लिएर सिलगढीका 2 युवकले शुरू गरे साइकलद्वारा केदारनाथ यात्रा

सिलगढी : नशा मुक्त भारत तथा स्वस्थ समाज बनाउने उद्देश्य लिएर 2 जना युवकले साइकलको माध्यमद्वारा सिलगढीबाट केदारनाथ यात्रा शुरू गरेको छ। उक्त यात्राको माध्यमद्वारा ती 2 जना युवकले विभिन्न राज्यहरूमा नशा मुक्त देश बनाउने सन्देश दिइनेछन्। सिलगढी संलग्न मतिगढा ब्लक अन्तर्गत पत्थरघट्टा ग्राम पञ्चायतस्थित पाचकेलगढी निवासी मजदुर तथा किसान परिवारका सरोज साइबो र मानिक प्रमाणिकले अनोखी साइकल यात्राको शुरुआत गरेका छन्। हाल देशमा विशेष गरेर युवा पिँढीहरू नशालु पदार्थ सेवनको लतमा डुबेका छन्। यो समाजको लागि एउटा चिन्ताको विषय हो। यसैले ती दुई युवकले देशलाई मादक मुक्त बनाउने उद्देश्य लिएर संकल्पको साथमा उक्त अभियान शुरू गरेको छ। प्राप्त जानकारी अनुसार मानिक र सरोज लगभग डेढ महीनाको अवधिमा साइकलको माध्यमद्वारा 1875 किलोमीटरको दूरी तय गरेर केदारनाथ धाम पुग्नेछन्। आज सरोज र मानिकले केदारनाथ यात्राको शुरूआत गर्न अघि इलाकाका मानिसहरूलाई तिनीहरूको सफलताको कामना गर्दै विदाई दिए। ती दुई युवकले बालासन नदीबाट जल लिएपछि उक्त जल केदारनाथ धाममा पुगेर महादेवका अभिषेक गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *