सिलगढी : हाजरा इन्टरनेशनल योगा, नेचरोप्याथी कलेज एवम् अस्पतालको संयुक्त पहलमा पाँचौँ नेचरोप्याथी डे-को उपलक्ष्यमा आज एउटा जागरूकता र्यालीको आयोजना गरियो। उक्त र्याली सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्यालीको माध्यमद्वारा साधारण मानिसहरूलाई प्राकृतिक उपचारद्वारा स्वस्थ जीवन जिउनेको लागि जागरुक गरियो। यस अवसरमा नेचरोप्याथी कलेज एवम् अस्पतालका विद्यार्थीहरू, प्रशिक्षक, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान आलोक चक्रवर्ती लगायत अन्य उपस्थित थिए।
