नवजात शिशुको चोरी पछि उत्तरबंग मेडिकल कलेजको सुरक्षा व्यवस्थालाई लिएर उठ्यो प्रश्न

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको प्रसुति विभागबाट नवजात शिशु चोरी भएपछि मेडिकलको सुरक्षा व्यवस्थालाई लिएर निन्दा तथा प्रश्न चिन्ह खडा भएको छ। मेडिकल कलेजमा सीसीटीभी क्यामाराको कमी रहेको छ भने मेडिकलमा जडान गरिएको केही क्यामाराहरू खराब भएको छ। यसको साथै मेडिकलमा सुरक्षा कर्मीको अभाव रहेको छ। यसैले मेडिकल परिसरमा चाँडै कठोर सुरक्षा व्यवस्था अप्नाउने मेडिकलका सुपर सञ्जय मल्लिकले बताए। घटनाक्रमअनुसार हिजो दिउँसो उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको प्रसुती विभागबाट एउटी महिलाले नवजात शिशु चोरी  गरेको थियो। उक्त घटनापछि मेडिकल कलेजको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। शिशुको परिवारका सदस्य तथा भाजपा युवा मोर्चाका सदस्यहरूले सुपरको कार्यालय अघि बारम्बर विक्षोभ प्रदर्शन गरिरहेको छ। मेडिकलका सुपर सञ्जय मल्लिकले बताएअनुसार मेडिकल कलेजमा सीसीटीभी लगायत सुरक्षा कर्मीहरूको अभाव रहेको छ। रोगी कल्याण समितिसित बैठक गरेर समस्याबारे जानकारी गराइयो। मेडिकल कलेजमा 160 वटा सीसीटीभ जडान गरिए तापनि तीमध्ये 40 भन्दा पनि अधिक क्यामारा खराब भएको छ। अबदेखि प्रसुति विभागमा भर्ना भएको रोगी तथा तिनको परिवारका सदस्यहरूको परिचय पत्र र फोन नम्बर जम्मा लिइनेछ। यसको साथै प्रसुति विभागमा प्रवेशमा अझ कठोर व्यवस्था ग्रहण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/