नव मगर एसोसिएसन दार्जिलिङ खण्ड समितिको सभा

बिजनबारी: दार्जिलिङ खण्डका नव मंगर एसोसिएसन पदाधिकारिहरुद्वारा सामाजिक दुरत्वलाई ध्यानमा राखेर योक्सम प्रेक्षागृह सुखियामा संगठनको समीक्षा सभाको आयोजना गरियो। सभामा केन्द्रीय समितिबाट अध्यक्ष नवीन थापा, उपाध्यक्ष हेमन थापा, बिकाश बोर्ड उपाध्यक्ष दिवस थापा, सांगठनिक सचिव सचिन थापा, कोषाध्यक्ष शरण थापा लगायत अन्य केन्द्रीय समिति तथा शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। दिपेन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय समितिको बार्षिक सभा चाँडै हुने अनि सक्षम व्यक्तिहरुलाई केन्द्रीय समिति नव मंगर एसोसिएसनको विभिन्न पदमा राख्ने भन्दै बिकाश बोर्डबारे धेरै अध्यक्ष नवीन थापाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet