नवरात्रिको दोस्रो दिन दार्जिलिङ सिञ्चेल देवी मन्दिरमा राजु विष्टद्वारा पुजा-अर्चना

दार्जिलिङ : नवरात्रिको दोस्रो दिन आज दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्टले दार्जिलिङको सिञ्चेलस्थित सिंह देवी माताको मन्दिरमा गएर पुजा-अर्चना गरे। यस अवसरमा तिनले हाम्रो दार्जिलिङ पहाड तथा समतल क्षेत्रका सम्पूर्ण मानिसहरूको सुख-शान्ति, उन्नति तथा प्रगतिको कामना गर्दै ईश्वरसित प्रार्थना गरे।


यसको साथै दीर्घदिनदेखि रहेको पहाडको समस्या समाधानको निम्ति पनि पुजा अवधि माता दुर्गासित प्रार्थना गरेको राजु विष्टले जनाएका छन्। आजको पुजा अवधि दार्जिलिङका विधायक तथा गोरामुमो नेता निरज जिम्बा पनि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *