नवौँ श्रेणीको छात्राले झुण्डिएर गरे आत्महत्या

जलपाईगढी : जलपाईगढी नगरपालिकाको 9 नम्बर वार्ड अन्तर्गत पर्ने पिलखाना कोलनीमा नवौँ श्रेणीको एकजना छात्राको अस्वभाविक मृत्युपछि इलाकामा शोकको लहर छाएको छ। मृतक छात्रा प्रियङ्का दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो राति कोतवाली थाना पुलिसले जलपाईगढी सोनाली बालिका विद्यालयको नवौँ श्रेणीको छात्रा प्रियङ्काको घरमै झुण्डिरहेको अवस्थामा शव उद्धार गरेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार घटनाको समय घरमा कुनै सदस्य नरहेको साथै मृतकको आमा राति घर फर्किआउँदा तिनले झुण्डेको अवस्थामा छोरीको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर लैजानेको साथै पुलिसले आज पोस्टमार्टमपछि छात्राको मृतदेह परिवारका सदस्यहरूलाई सुम्पिदिए। थानामा अस्वभाविक मृत्युको मामिला दर्ता गरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş