नक्सलबारी आगलागीमा घरको सर-समान जलेर नष्ट

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत मनीराम ग्राम पञ्चायतको दयाराम जोतमा ग्यास सिलेन्डरबाट ग्यास लिक भएर आगो लागेपछि घरको सबै सर-समान जलेर खरानी भएको छ। नक्सलबारी अग्निशमन तथा स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो।


नक्सलबारी अग्निशमनका सब अफिसर सिबेनियस टोप्पोले दिएको जानकारीअनुसार आज लगभग 9 बजीतिर दयाराम जोत निवासी सञ्जय गुप्ताको भान्सा घरमा ग्यास सिलेन्डर लिक हुँदा आगो लागेपछि घरको सबै सर-समान जलेर नष्ट भएको छ। घटनाको खबर पाएर दमकल कर्मीहरू घटनास्थल पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। समयमै आगोलाई नियन्त्रणमा ल्याएकोले गर्दा कुनै ठुलो दुर्घटना हुनबाट जोगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet