नक्सलबारी: भाजपाको मतिगढा नक्सलबारी विधायक आनन्दमय बर्मन आज नक्सलबारी ग्रामीण अस्पताल पुगेर बीएमओ एच. कुन्तल घोषसित भेटेर अस्पतालको वर्तमान परिस्थि तथा कोरोना संक्रमितहरूबारे विस्तृत जानकारी लिए। यसको साथै विधायक बर्मनले अस्पताललाई आवश्यकीय चिकित्सा उपकरण अक्सिजन कोन्सेन्टेटर, पीपीई कीट तथा मास्क प्रदान गरे अनि तिनले अस्पताललाई आफुबाट हुनसक्ने सक्दो सहयोग गर्ने वाचा पनि गरे। यस अवधि क्षेत्रिय विधायक आनन्दमय बर्मन, सिलगढीका विधायक शंकर घोष वाहेक भाजपाका अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए। भाजपा नक्सलबारी ब्लकका अध्यक्ष मंगलु रायले बताए अनुसार सांसद राजु बिष्टको सहयोगमा हाल विभिन्न अस्पतालमा आवश्यक चिकित्सा उपकरण तथा सामाग्रीहरू प्रदान गर्दै आइरहेको छ। यसैले आज सांसद विष्टको सहयोगमा विधायक आनन्दमय बर्मनले अक्सिजन कोन्सेन्टेटर, पीपीई कीट् तथा मास्क नक्सलबारी ग्रामीण अस्पताललाई सुम्पिएको छ।
