खोरीबारी : सिलगढी सेवा केन्द्रको तर्फबाट नक्सलबारी चियाकमानको बाँसबारीमा राशन कार्ड नभएका परिवारलाई राशन सामग्री वितरण गरियो। यसको साथै कोरोना भाइरसबारे तिनीहरूलाई जागरूक पनि गराइयो। यस अवसरमा सिलगढी सेवा केन्द्रका गणेश प्रधान, एमिल कुजूर, एसरील उपल, वाल्मीक बारला लगायत अन्य मानिसहरू उपस्थित थिए। वाल्मीक बारलाले बताएअनुसार चियाकमान क्षेत्रका गरिब मजदुरहरूमा खाद्य समस्या भएकोले गर्दा नै स्वयं सेवी संस्था सेवा केन्द्रको तर्फबाट आज लगभग 39 परिवारलाई 5 किलो चामल, 500 ग्राम तेल, 500 ग्राम दाल, 500 ग्राम सोयाबीन र एक प्याकेट आटा वितरण गरेको हो।
