नक्सलबारीबाट चोरी भएको अदुवा बोकेको पिकअप भ्यान बिहारबाट उद्धार, एकजना पक्राउ

नक्सलबारी : नक्सलबारीको हात्तीघिसाबाट गत बिहिबार अबेर राति चोरी भएको अदुवा बोकेको पिकअप भ्यान बिहारबाट उद्धार गर्नको साथै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक दयारामजोत निवासी 33 वर्षीय विमान घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति नक्सलबारी थाना पुलिसले खोरीबारीको कोयाटार मोडबाट विमान घोषलाई पक्राउ गरेपछि सोधखोज गर्दा बिहारबाट उक्त पिकअप भ्यान उद्धार गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *