नक्सलबारी बजारको अग्निकाण्ड व्यवसायीहरूलाई राजु विष्टद्वारा सहयोग राशि प्रदान

नक्सलबारी : नक्सलबारी बजारको अग्निकाण्ड पीडित व्यवसायीहरूको सहयोगको लागि सांसद राजु विष्ट अघि आएका छन्। नक्सलबारी व्यवसायी समितिको कार्यालयमा आज राजु विष्टको तर्फबाट अग्निपीडित 39 जना व्यवसायीलाई सहयोग स्वरूप 10-10 हजार रुपियाँ प्रदान गरियो। भाजपा जिल्ला अध्यक्ष अरूण मण्डल लगायत भाजपाका केही नेता तथा कार्यकर्ता, नक्सलबारी व्यवसायी समितिका सदस्यहरूले अग्निपीडित 39 जना व्यवसायीलाई उक्त सहयोग राशि प्रदान गरे। यस अवसरमा अध्यक्ष अरूण मण्डलले भने, राजु विष्टको व्यक्तिगत पहलमा आज 39 जना अग्निपीडित व्यवसायीहरूलाई सहयोग राशि प्रदान गरिएको हो। आगामी दिनमा सांसद विष्टले नक्सलबारी बजारमा पानीको व्यवस्था, आधुनिकीकरणको कार्य गर्नेछन्। स्मरण रहोस्, महालयको राति नक्सलबारी बजारमा आगलागी हुँदा धेरैवटा दोकानहरू जलेर खरानी भएको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *